विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको फिल्म हो ‘एलिफेन्ट्स इन द फग’ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । जसमा सन्तान खोज्न आमाले गरेको प्रयास र त्यसमा आउने अवरोध समेटिएको छ ।

अविनाश विक्रम शाहको लेखन तथा निर्देशन रहेको फिल्म जङ्गली हात्तीको आतङ्क, हराएको सन्तान, प्रहरीको साहारा माग्न पुगेका पीडित गाउँले लगायतको कथामा बनेको हो । ‘एलिफेन्ट्स इन द फग’मा जङ्गली हात्तीहरूको आतङ्कबाट आक्रान्त हुने बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने एउटा परिवारको कथा प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

फिल्ममा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन् । गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्की लगायतको अभिनय छ ।

जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ, निर्माता रहेको फिल्ममा अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेका छन् । फिल्म फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्रजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताको रूपमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर