शुक्रबारदेखि नेपालका हलमा दुई नेपालीसहितका ४ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाका ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’सहित पपस्टार बिली इलिसको कन्सर्ट टूर फिल्म ‘बिली इलिस : हिट मी हार्ड एन्ड सफ्ट द टूर’ र बलिउडको ‘पति पत्नी और दो’ रिलिज भएका छन् ।

सहारा शर्मा निर्देशित सोसल तथा फेमिली ड्रामा ‘एक मुठ्ठी बादल’को रनटाइम ११७ मिनेट छ । आँचल शर्मा, निशा शर्मा, उषा रजक, सहयोग अधिकारी अभिनित यो फिल्म पारिवारिक कथावस्तुमा आधारित छ ।

निमेष श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ ड्यामेज’ पनि शुक्रबारदेखि रिलिज भएको छ । ११७ मिनेट रनटाइमको यो फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ, इशा थापा, अमोघ अर्यालको अभिनय छ । सम्बन्ध र आधुनिक जीवनको संघर्षको कथा यसमा छ ।

पपस्टार बिली इलिसको बेलायतको म्यानचेस्टरमा आयोजित कन्सर्टबारे बनेको यो थ्रीडी फिल्म फिल्म ‘बिली इलिस ः हिट मी हार्ड एन्ड सफ्ट द टूर’ पनि रिलिज भएको छ । ११४ मिनेट रनटाइमको यो फिल्मलाई जेम्स क्यामरुन र बिली इलिसले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

बलिउड फिल्म ‘पति पत्नी और दो’को रनटाइम ११८ मिनेट छ । मुदासर अजिज निर्देशित यो फिल्ममा आयुष्मान खुराना, रकुल प्रीत सिंह, सारा अलि खानको शीर्ष भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर