कमेडी जनरामा फिल्म ‘लोकल लभ’ बन्ने भएको छ । खापुङहाङ फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शनिबार काठमाडौँमा शुभमुहूर्त गरियो ।

रामकाजी भुजेलले निर्देशन गर्ने ‘लोकल लभ’मा सुभाष मेचे, परी शाक्य, साजन थापा मगर, कृष्णभक्त महर्जन, राज शर्मा पंगेनी, राजेन्द्र डंगोल, शान्ता प्रजापति लगायत कलाकारको अभिनय रहनेछ ।

फिल्ममा विकास चौधरीको संगीत, विक्रम डिसीको छायांकन र दीपेन्द्र खड्काको गीत रचना रहनेछ । फिल्मको निर्मातामा तुलसी खापुङ र वीरू गुरुङ छन् । जेठ दोस्रो साताबाट पूर्वका इलाम लगायत स्थानमा फिल्मको छायांकन सुरू गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर