फिल्म ‘लालीबजार’ले प्रदर्शनको ९ दिनसम्म देशव्यापी ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत तीन फिल्मको बक्स अफिस रिपोटमा फिल्मको कमाई सो देखिएको हो ।
बोर्डले २ जेठ शनिबार मध्यरातसम्मको कमाइ सार्वजनिक गरेको हो । जसमा ‘लालीबजार’को सो अवधिमा टिकट १ लाख १४ हजार ४८६ बिक्री भएको छ ।
‘लालीबजार’ २५ वैशाखदेखि प्रदर्शनमा आएको थियो । सोही दिनदेखि रिलिज भएको फिल्म ‘मालती मङ्गले’ र ‘गुरुआमा’ कमाइको मामलामा धेरै पछि छ ।
‘मालती मङ्गले’ शनिबारसम्म ४४ लाख ७८ हजार ६०८ रुपैयाँ कमाएको छ । सो अवधिमा यो फिल्मको टिकट १३ हजार ८९० बिक्री भएको छ ।
त्यस्तै, ‘गुरुआमा’को ग्रस कलेक्सन २८ लाख ४४ हजार ४५१ रुपैयाँ छ । यसको टिकट ८ हजार ९७४ बिक्री भएको छ ।










