फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ।

६६ दिनको अवधिमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

निर्देशक वसन्त निरौलाका अनुसार चैत २ गतेदेखि सुरू भएको छायांकन ६६ दिनमा पूरा गरिएको हो। उनले फिल्म निर्माणमा कुनै पनि सम्झौता नगरिएको उल्लेख गर्दै त्यसको झलक पर्दामा स्पष्ट देखिने दाबी गरे।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको छायांकन झापाका विभिन्न रमणीय र महत्वपूर्ण स्थानहरूमा गरिएको हो।

‘पाँच पाण्डव’ मा नेपाली फिल्म क्षेत्रका चर्चित तथा नयाँ पुस्ताका कलाकारहरूको समिश्रण रहेको छ। फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलाले अभिनय गरेका छन्।

यस्तै फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको पनि अभिनय छ। फिल्मको निर्माण काली रानी श्रेष्ठले गरेकी हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्।

लेखक सुशील पौडेलका अनुसार यो फिल्म ‘सोसल ड्रामा’ हो। उनले महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई आधार मानेर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको बताए।

फिल्मको कथा, पटकथा र संवाद सुशील पौडेलकै रहेको छ भने छायांकन श्याम तामाङले गरेका हुन्। छायांकन सम्पन्न भएसँगै निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काटेर खुसी साटासाट गरेको जनाएको छ।

फिल्मको नाम, कथा र कलाकारहरूको कारण यो फिल्मलाई प्रतीक्षित रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर