फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माण हुने भएको छ । स्काइफल पिक्चर्सले फिल्मको एक थिम पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । फिल्म बलिराम चौहानले निर्देशन गर्दैछन् ।

‘हरेक युवाको कथा’ स्लोगन राखिएको फिल्मले युवाको कथा भन्नेछ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक गर्ने वा दोहोर्‍याएर दिने तनाव हो ।

थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लव साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।

निर्देशक चौहानकै कथा रहेको फिल्म उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायाङ्कन, रिलिज डेटबारे अहिले केही बताइएको छैन ।

बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ फिल्म आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर