बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ ।
आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको यो तेस्रो विवाह हो । यसअघि उनले रिना दत्त र किरण रावसँग विवाह गरेका थिए । पछि यी दुईजनासँगको वैवाहिक सम्बन्धमा दरार आयो ।
गौरीको पनि यो दोस्रो विवाह हो । अघिल्लो विवाहबाट गौरीका एक ७ वर्षका छोरा छन् ।










