फिल्म ‘यानीमाया’को छायाङ्कन सुरु भएको छ । अभिनेता पल शाहको निर्माण रहेको फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो ।

गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको फिल्मको छायाङ्कन अघि शुभसाइत समारोह आयोजना गरिएको थियो ।

जसमा फिल्म युनिटले क्यामरा तथा स्क्रिप्ट पूजा गरेका थिए । फिल्मको छायाङ्कन नियमित ३५ दिनसम्म हुनेछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल र अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, सङ्गीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरूको रूपमा छन् । चन्द्र ज्योति आले र पल शाहको लगानीमा तयार हुन लागेको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर