रिब दुई दर्जन लोक दोहोरी कलाकारको सहभागिता रहने तीन दिने ‘लोकदोहोरी मेला’ आयोजना हुने भएको छ ।

काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबले आफ्नो औपचारिक उद्घाटनको अवसर पारेर यही भदौ ५ गतेदेखि ७ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो ।

क्लबले राजधानीमा एक कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षबारे जानकारी दिएको हो । नेपाली मौलिक कला, संस्कृति, लोकगीत तथा रोधी परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

तीन दिनसम्म चल्ने मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपुत, दुर्गेश थापा, विश्व दोङ, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, वसन्त थापा, श्याम राना, प्रियंका कार्की, एलिना चौहान, शान्ता रानी परियार, दीपिका बयम्बु, सुनिल क्षेत्री, करिश्मा शाही, दिनेश काफ्ले, कविता नेपाली, गंगु क्षेत्री, याङ्ग्री दोङ, गुराँस नानी र प्रतिमा अर्याल लगायतका कलाकारले प्रस्तुति रहनेछ ।

त्यस्तै, सिन्धुली कलाघर बाजा समूहको विशेष प्रस्तुति पनि मेलाको आकर्षण रहनेछ। टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने क्लबले जनाएको छ। क्लबका सञ्चालक अशोक गिरीका अनुसार लोकदोहोरी मेलामार्फत स्थापित कलाकारसँगै नयाँ तथा प्रतिभाशाली कलाकारलाई समेत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।

उनका अनुसार टप दरबार रोधीलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोकगीत, कलाकार र दर्शकबिचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। ‘रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारिवारिक बनाउने उद्देश्य मेरो छ’, गिरीले भने । लोकदोहोरी मेला’ भदौ ५ गतेदेखि ७ गतेसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म काठमाडौँको जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर