चर्चित भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिको लागि नेपाल आएका छन् । उनले आज बेलुका राजधानीको एक क्लबमा आयोजना हुने कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्नेछन् ।

जहाँ उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन् ।

तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको ‘खत’ एल्बममा समावेश छ । त्यसबाहेक उनका तू ही हूँ, खुद से मोहब्बत, इंतज़ार, मेरे हो तुम, चले गएलगायत दजनौं गीत चर्चित छ ।

मंगलबार बेलुका काठमाडौं विमानस्थलमा उत्रिएका उनले संचारकर्मीसँग कुरा गर्दै आफ्नो प्रस्तुति दिन निकै उत्सुक रहेको बताए । ‘म पहिलोपटक नेपाल आएको हुँ । मलाई नेपाल मन पर्छ । नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ,’ उनले भने, ‘नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु ।’

नेपाली संगीतप्रति आफ्नो झुकाव देखाउँदै उनले नेपाली गीत पनि सुन्ने गरेको बताए । साथै कुनै नेपाली संगीतकारले गीत गाउन अफर गरेमा आफू राजी रहेको उनको भनाइ थियो । उनी नेपालमा ३ दिन बस्नेछन् । यस क्रममा उनले काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेष भ्रमण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर