प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको यो फिल्म क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण गरिएको हो।

फिल्ममा प्रियंका कार्कीसँगै सिम्रन खड्का, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्मा, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, रक्षा थापालगायत कलाकारहरूको अभिनय छ।

फिल्मले आफ्नो सन्तानको सुरक्षाका लागि एक आमाले गर्ने संघर्ष र त्यससँग जोडिएको रहस्य तथा अपराधको कथा प्रस्तुत गर्छ। ‘मास्टर्नी’लाई एडल्ट सर्टिफिकेट दिइएको छ। त्यसैले यो फिल्म १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्। फिल्मको रनटाइम १२३ मिनेट तय छ।

आयंका फिल्म्सको प्रस्तुतिमा बनेको ‘मास्टर्नी’लाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्।

सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्। कथा प्रियंका कार्कीको हो भने पटकथा शान बस्न्यातले लेखेका हुन्। गत बुधबार गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ।

प्रमोशनल गीतका कारण यो फिल्म विवाद र चर्चामा रहँदै आएको थियो। विवादमा परेपछि ‘मास्टर्नी’ को प्रमोशनल गीत युट्युबबाट हटाइएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर