साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा पुगेको छ ।
आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैंयाभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । कारोबार भएका सबै उपसूचक राताम्मै भएका छन् ।
सेयर बजारमा गिरावट आउँदा पनि बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमा उच्च वृद्धि भएको छ ।










