सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७० हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर